सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्‍दै

काठमाडौँ - सत्तारुढ दल नेपाली कांग्रेसको केन्‍द्रीय कार्यसमिति बैठक आज पनि बस्‍दै छ । बिहीबारदेखि सुरु भएको बैठक आज बिहान ११ बजे सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा  बस्‍नेछ ।

बैठकमा पार्टीको १४औं महाधिवेशनको कार्यतालिका निर्वाचन नियमावलीबारे छलफल भइरहेको छ । आजको बैठकमा पनि उक्‍त छलफलले निरन्‍तरता पाउने छ।केन्‍द्रीय कार्यालयकाअनुसार हिजोको बैठकमा उपसभापति एवं अन्य राजनीतिक दल समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समितिको प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काले  विभिन्न प्रस्तावहरू प्रस्तुत गरेका थिए ।

बैठकमा सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू आनन्दप्रसाद ढुंगाना, जीवन परियार, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, मोहनबहादुर बस्नेत, हृदयराम थानी, रमेश लेखक, कर्णबहादुर बुढा र योगेन्द्र चौधरीले धारणा राखेका थिए ।