बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

खोप लिन छुटेका शिक्षकले खोप पाउने

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि खोप अभियानमा खोप लगाउन छुटेका शिक्षकहरूले खोप लगाउन सक्ने व्यवस्था गरेको छ । 

यसअघि खोप लगाउन छुटेका वा कोभिड–१९ संक्रमित भएर खोप लगाउन नपाएका शिक्षकले अहिले ५५ देखि ६० वर्ष उमेर समूहका लागि सञ्चालन भैरहेका देशभरका खोपकेन्द्रहरूमध्ये आफूलाई पायक पर्ने स्थानबाटबाट खोप लगाउन सक्ने गरी स्वास्थ्य सेवा विभागले परिपत्र गरिसकेको छ । 

खोप लगाउन छुटेका स्वास्थ्यकर्मीलाई पनि सोही केन्द्रहरूबाट खोप लिन आग्रह गरिएको छ ।