मातृका यादवले बोलेको शब्द संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौँ - नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले बोलेको शब्द प्रतिनिधि सभाको रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसदले उठेर विरोध जनाएपछि सभामुखले यादवले बोलेको शब्द हटाउन निर्देशन दिएका हुन् ।
आजको बैठको सुरुमै एमालेले उठेर विरोध जनाएको थियो। एमालेले यादवले बोलेको असंसदीय र अमार्यादित कुरा संसद्को रेकर्डबाट हटाउन माग गरेको थियो । लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसद यादवले पूर्व प्रधानमन्त्री ओलीप्रति इङ्गित गर्दै 'मेन्टली' र 'फिजिकल्ली' पनि ठीक नभएको टिप्पणी गरेका थिए । वर्तमान सरकारलाई परमादेशको सरकार भनी टिप्पणी गरेको भन्दै सांसद यादवले आपत्ति जनाउँदै त्यसरी टिप्पणी गरेका थिए । 'मैले एउटै पार्टी हुँदा पनि स्थायी समितिको बैठकमा नै भनेको थिएँ, कमरेडहरू 'मेन्टल्ली' पनि ठीक हुनुहुन्न, 'फिजिकल्ली' पनि ठिक हुनुहुन्न । त्यसैले कुनै बेला पनि दुर्घटना हुनसक्छ ।'
यादवको भनाइप्रति एमालेले बिहीबारकै बैठकमा आपत्ति जनाएका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया