कंगनाले सकाइन् ‘धाकड’को सुटिङ

मुम्बई : सदा अरुलाई घोचपेच गरेका कारण समाचारमा आउने कंगना रनावत धेरै समयपछि फिल्मका कारण समाचारमा आएकी छिन् । यो समाचार हो कंगनाको पछिल्लो फिल्म ‘धाकड’को । कंगनाले स्पाई थ्रिलर विधाको यो फिल्मको सुटिङ सकाएकी छिन् । फिल्मलाई रजनिश घईले निर्देशन गरेका हुन् ।
महामारीको कारण बारम्बार रोकिएको फिल्मको सुटिङ युरोपमा सकिएको हो । निर्माण टिमले सुटिङ सकिएको उपलक्ष्यमा फिल्मको कास्ट एन्ड क्रुसँग पार्टी गरेको थियो । सो पार्टीमा कंगनाले लगाएको लुगाले पनि धेरैको ध्यान खिचेको छ ।
उनले इन्स्टामा सेयर गरेको फोटोलाई सेता लुगामा सजिएकी कंगनाको कहिलै नदेखिएको अवतार देखिएको भन्दै तारिफ भइरहेको छ । यो फिल्म यही सालको अक्टोबर १ मा रिलिज हुने चर्चा छ । यो फिल्मबाहेक कंगनाको ‘थलाइबी’ पनि प्रदर्शनका लागि तयार छ भने उनले ‘इमली’ र ‘तेजस’को पनि केही भागको सुटिङ भइसकेको छ ।

आमिर खानकी आमाले ९१ वर्षमा गरिन् बलिउडमा डेब्यु

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ बाट पनि

कस्तो छ हाउसफुलः ५ ?

दुई हप्तामा नै राजकुमार रावको ‘भुल चुक माफ’ ओटिटीमा रिलिज

आमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

पठानका निर्देशकले अक्षय कुमारसँग हरर फिल्म बनाउने

प्रतिक्रिया