त्रिभुवन विश्वविद्यालयका परीक्षा रोक्न माग गर्दै सर्वोच्चमा रिट
काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले भौतिक रूपमा सञ्चालन गरिरहेको परीक्षा तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डपिवरीत त्रिविले परीक्षा सञ्चालन गरेको भन्दै शुक्रबार हामी नेपाल नामक सामाजिक संस्थाले परीक्षा रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय र परीक्षा नियन्त्रकको कार्यालयलाई विपक्षी बनाइएको उक्त रिटमा अन्तरिम आदेशसहितको उत्प्रेषण र परमादेश माग गरिएको छ । जनस्वास्थ्यका मापदण्ड उल्लंघन गर्दै भौतिक रूपमा परीक्षा सञ्चालन गरेर त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको जीवनसँग खेलवाड गरेको उक्त रिटमा उल्लेख छ ।
यसैबीच सोमबार संयुक्त विद्यार्थी संगठनले स्वास्थ्य राज्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै विद्यार्थीको परीक्षा रोक्न नहुने भन्दै खोप हान्न माग गरेपछि शुक्रबारदेखि प्रवेश पत्र देखाएकै आधारमा परीक्षार्थीहरूले खोप लगाउन सुरू गरेका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया