माओवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन पेश हुने
काठमाडौँ – सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शनिबारदेखि सुरु हुने भएको छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले तत्कालिक राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
शुक्रबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । प्रतिवेदनमा पार्टीको राजनीतिक कार्यदिशालाई स्पष्ट पार्ने, अहिले प्रतिगमनविरोधी संघर्ष र कम्युनिष्ट आन्दोलनमा देखापरेको विसर्जनवादी प्रवृत्तिविरुद्धको संघर्षलाई दृढतापूर्वक अघि बढाउन उल्लेख रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
प्रतिगमनकारी कदम असफल भए पनि प्रतिगमनप्रति सजक रहँदै संविधानको रक्षा र कार्यान्वयनका निम्ति वामशक्तिहरूबीचको सहकार्यलाई अगाडि बढाउने पनि पतिवेदनमा उल्लेख गरिएको उनले जानकारी दिए ।
‘पार्टीलाई व्यवस्थित र सदृढ बनाउँदै आवश्यक ध्रुवीकरणको विषयलाई पनि प्रतिवेदनमा सामावेश गरिएको छ । शनिबार साढे १० बजे स्थायी कमिटी बैठक बस्ने र ११ बजे केन्द्रीय कमिटी बैठक बस्ने तय भएको छ,’ उनले भने ।
शुक्रबार बसेको स्थायी कमिटीको बैठकबाट माओवादीले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने सम्भावना देखिए पनि यसबारे बैठकमा केही निर्णय नभएको उनले बताए । सरकारमा माओवादीबाट सात जना मन्त्री सहभागी हुने गठबन्धन दलबीच सहमति भए पनि हालसम्म माओवादीबाट दुई जना मात्र मन्त्री बनेका छन् ।

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

आज पनि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि

प्रतिक्रिया