सरकारलाई सफल बनाउने अभियानमा लाग्न दाहालको निर्देशन

काठमाडौँ - सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
‘सरकारमा रहेको हाम्रो पार्टीलाई सुदृढ गर्न सबै नेता, कार्यकर्ताको सामूहिक भावना आवश्यक रहेको बताउँदै पार्टी र सरकारलाई नै सफल बनाउने अभियानमा लाग्न सबै कमिटीका साथीहरूलाई अध्यक्ष कमरेडले निर्देशन दिनुभएको छ,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकले शनिबारबाट सुरु हुने केन्द्रीय कमिटीको बैठक सुरु गर्ने निर्णय गर्दै सो बैठकमा अध्यक्ष दाहालले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गर्ने सहमति गरेको उनले बताए । ‘शुक्रबारको बैठक पार्टीको आन्तरिक छलफल र कार्यक्रममा केन्द्रित भयो, पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीका बारेमा छलफल भएन,’ प्रवक्ताा श्रेष्ठले भने ।

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

प्रतिक्रिया