प्रभुले १०.५२ प्रतिशत बोनस दिने

काठमाडौं : प्रभु बैंकले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको सञ्चालक समितिले १० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष एक अर्ब ८ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो । चालु वर्षको पहिलो त्रैमासमा बैंकले १७ करोड ५६ लाख रुपैयाँ नाफा गरेको थियो ।
बैंकको चुक्ता पुँजी अहिले १० अर्ब ३१ करोड रुपैयाँ छ । अब चुक्ता पुँजी एक अर्बले बढ्ने छ। बैंकको जगेडा कोषमा ५ अर्ब २९ करोड रुपैयाँ छ । पछिल्लो तीन वर्षयता बैंकले निरन्तर लाभांश बाँड्दै आएको छ । गत बर्ष १६.८४ प्रतिशत लाभांश दिएको बैंकले त्यसअघि ८.४२ प्रतिशत लाभांश दिएको थियो ।
पछिल्लो एक महिनायता बैंकको सेयर मूल्य निरन्तर बढेपनि एक सातायता भने घटिरहेको छ । अहिले बैंकको सेयर मूल्य ३४२ रुपैयाँ छ। राष्ट्र बैंकले प्रस्तावित लाभांश स्वीकृत गर्न बाँकी छ ।

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक:…

प्रतिक्रिया