भारत ३६४ रनमा अलआउट, इंग्ल्यान्डको खराब सुरुवात
एन्डरसनले लिए ५ विकेट
काठमाडौँ - इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भारत ३६४ रनमा अलआउट भएको छ । लर्ड्समा टस हारेर पहिले ब्याटिङ थालेको भारत दोस्रो दिनमा ३६४ रन बनाएर अलआउट भएको हो । उसका लागि ओपनर ब्याट्सम्यमान केएल राहुलले शतक बनाउँदा अर्का ओपनर रोहित शर्माले अर्धशतक बनाए ।
राहुलले १२९ रन बनाउँदा रोहितले ८३ रन बनाएका हुन् । इंग्ल्यान्डका जेम्स एन्डरसनले ५ विकेट लिए । यस्तै दोस्रो दिन नै आफ्नो पहिलो पाली थालेको घरेलु टोली इंग्ल्यान्डले खराब सुरुवात गरेको छ । उसले ओपनर डोम सिब्लेलाई ११ रनमा गुमाउँदा डेब्यु ब्याट्सम्यान हसिद हमिद डकआउट भए । दुवै विकेट भारतका मोहम्मद सिरजले लिएका हुन् ।
अर्का ओपनर रोरी बन्र्ससँग मिलेर कप्तान जोय रुटले इनिङ सम्हालेका छन् । यो समाचार तयार पार्दासम्म इंग्ल्यान्डले २ विकेट गुमाएर १०० रन बनाएको छ । यसअघि वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_0wVQ04O9LN_hjgg06u1arem3nbeetepzj6n1kak2wxatdmeevl4ffxpbpjwa9ybp29d0yoq.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

प्रतिक्रिया