दाहालले माधव नेपालको ढाडमा टेकेर केपीको टाउकोमा हाने : शंकर पोखरेल

बुटवल- भर्खरै लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट विदाभएका नेकपा एमालेका नेता शंकर पोखरेलले माओवादीका अध्यक्ष पुष्पकमल दाहालप्रति आक्रोश व्यक्त गरेका छन् । उनले दाहालले जनयुद्धकालीन ढाडमा टेकेर टाउकोमा हान्ने नीति अहिले पनि नछोडेको टिप्पणी गरे ।
आफूहरूले भरोसा गरेर चुनावी गठबन्धनसँगै पार्टी एकता गरे पनि दाहालले माधव नेपालको ढाडमा टेकेर एमाले अध्यक्ष केपी शर्मा ओलीको टाउकोमा हानेकोआरोप उनको छ ।
‘पुष्पकमल दाहाल प्रचण्डलाई आधार बनाएर हामीले चुनावी गठबन्धन गर्यौँ । पार्टी एकता गर्यौँ तर उहाँले ढाडमा टेकेर टाउकोमा हान्ने नीति छोड्नु भएको रैनछ' पोखरेलले भने 'माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने कोसिस गर्नुभयो । आजको परणामले त्यही पुष्टि भएको छ ।'
उनले संघ र प्रदेश सरकारहरूमा अहिले देखिएको समस्या पनि दाहालकै कारण भएको बताए । दाहालमा रहेको अस्थिरता, अवसरवाद र महत्वकांक्षाको संयोजनका कारण देशमा अहिले अस्थिरता सिर्जना भएको आरोपसमेत लगाए । उनले दाहालले अहिले देउवालाई मोहरा बनाएर अस्थिरताको काम गरिरहेको टिप्पणी गरे ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया