प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेट टिमका पूर्वकप्तान खड्कालाई दोस्रो इनिङको शुभकामना

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई जिन्दगीको दोस्रो इनिङमा सफलताको शुभकामना दिएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा देउवाले दोस्रो इनिङमा सरकारको साथ र सहयोग सधैं रहने बताए ।
'दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा @paras77 लाई धन्यवाद,' भेटपछि सामाजिक सञ्जाल ट्वीटरमा देउवाले लेखेका छन्, 'नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैं रहने छ।'
दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा @paras77 लाई धन्यवाद।
— Sher Bahadur Deuba (@SherBDeuba) August 14, 2021
नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैं रहने छ। pic.twitter.com/yqOAVENHsZ

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया