२६२४ मा संक्रमण पुष्टि, २० जनाको मृत्यु

काठमाडौँ - पछिल्लो २४ घण्टामा मुलुकभर थप २ हजार ६ सय २४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर ८ हजार ६ सय ६७ पीसीआर परिक्षणमा १ हजार ९ सय ४७ र ४ हजार ९ सय ६ एन्टीजेन परिक्षणमा ६७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५ हजार १९० पुगेको छ ।
त्यस्तै कोभिडका कारण थप २० जनाको मृत्यु भएको छ । यो संगै नेपालमा १० हजार २ सय ५९ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् ।
नेपालमा थप १ हजार ३ सय २० संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ८० हजार ८१५ संक्रमित कोभिडमुक्त भएका छन् । हाल नेपालमा ३९ हजार ४०५ सक्रिय संक्रमित आइसोलेन र ४११ जना क्वारेन्टाइनमा छन् ।
हालसम्म नेपालमा ३७ लाख ४९ हजार ४८४ वटा पीसीआर र ३ लाख ९१ हजार ८३५ एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया