कांग्रेस केन्द्रीय समिति चल्दाचल्दै शीर्ष नेता छुट्टै छलफलमा

काठमाडौँ - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक तीन दिन देखि जारी छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबादुर देउवा निवास बुढानीलकण्ठमा जारी केन्द्रीय समिति बैठकको बीचमै शीर्ष नेताहरू छुट्टै गोप्य छलफल गरिरहेका छन् ।
केन्द्रीय कार्यसमिति बैठक जारी रहेका बेला शीर्ष नेताहरू छुट्टै गोप्य छलफलमा रहेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । ‘बाहिर केन्द्रीय समिति बैठक चलिरहेको छ, शीर्ष नेताहरू भित्र गोप्य छलफल गरिरहनु भएको छ,’ पौडेलले इकागजसँग भने ।
गोप्य छलफलमा सभापति देउवा, नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल रमेश लेखकसहितका नेताहरू गोप्य छलफल गरिरहेका हुन् ।
पार्टीको १४ औं महाधिवेशनको कार्यातालिकाससहित नयाँ मिति ल्याउने विषयमा छलफल गर्न बिहीबारदेखि केन्द्रीय कार्यसमिति बैठक बुढानीलकण्ठमा चलिरहेको छ । शीर्ष नेताहरू महाधिवशेनको मिति कहिले तोक्ने र कार्यतालिका कसरी निर्माण गर्ने भन्ने विषयमा छलफल गर्न केन्द्रीय समितिकै बीचमा गोप्य छलफलमा जुटेका हुन् ।
कांग्रेसले पार्टीको १४ औं महाधिवेशन आगामी भदौ १६–१९ मा काठमाडौँमा गर्ने निर्णय यसअघि गरेको थियो । त्यो कार्यतालिका घर्किएकाले नयाँ कार्यतालिका बनाउने तयारी भइरहेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया