गण्डकीका दुई मन्त्रीमा कोभिड-१९ संक्रमण

पोखरा - गण्डकी प्रदेशका दुई मन्त्रीमा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । वन, वातारण तथा भूसंरक्षणमन्त्री दीपक थापा र भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारणमन्त्री चन्द्रबहादुर बुढामा शनिबार कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।
मन्त्रीद्वयमा शुक्रबार बिहानबाट कोभिडको लक्षण देखिएको थियो । मन्त्री थापालाई रुघाखोकी र अर्का मन्त्री बुढालाई ज्वरोसहित रुघाखोकी देखिएपछि दुवैले कोभिड परीक्षण गराएका थिए । परीक्षणमा संक्रमण पुष्टि भएको हो । मन्त्रीद्वय केही दिनअघि पोखरा मगर संघले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा सहभागी भएका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया