वीरगञ्जमा विपन्न अवस्थाका परिवारलाई खाद्यान्न वितरण

वीरगञ्ज – पर्सा जिल्लाको जिराभवनी गाउँपालिका वडा नम्बर २ असहाय, एकल महिला,विपन्न तथा गरिब परिवारलाई शनिबार खाधान्न सामग्री वितरण गरिएको छ । वीरगञ्जका एक दम्पतिले उक्त वडाका ३२ घर परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।
सो दम्पतिले आफ्नो चिया नास्ता खर्च कटौती गÞरी बचाएको रकमबाट प्रतिपरिवार २५ किलोको एक बोरा चामल, एक बोतल खानेतेल, १ किलो नुन, १ किलो दाल वितरण गरेका हुन् । विपन्नलाई सहयोग गर्नु आफूहरूको दायित्त्व भएका बताउने ती दम्पतिले आफूहरूको नाम सार्वजनिक गर्न चाहेका छैनन् ।
कोभिड– १९ को संक्रमणका कारण जिल्लाका धेरैजसो व्यक्तिको रोजगारी गुमेका कारण दैनिक रोजिरोटी गरेर पेट पाल्दै आएका परिवार संकटमा परेका छन् । ‘यस्तो अवस्थालाई मध्यनजर गर्दै उहाँहरूले विपन्न परिवारलाई सहयोग गर्नुभएको हो,’ उनले भने ।

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

प्रतिक्रिया