कलाकार खोज्दै प्रदीपको ‘प्रकाश’

काठमाडौं : सामान्यीकरण गर्न मिलिनहाल्ला तर अनुमान गर्न सकिन्छ अनुप बरालसँगको छोटो अभिनयको सिकाइले पनि प्रदीप खड्कामा परिवर्तन आएको छ । हिजो जे चिजमा पनि हाबी हुने आरोप खेप्दै आएका प्रदीपले बिस्तारै आफ्नो सीमितता महसुस गर्न थालेका छन् । यसको परिणाम देखिएको छ, उनले गर्न लागेको नयाँ फिल्म ‘प्रकाश’को कास्टिङ आहवान्बाट ।
प्रदीपको मुख्य भूमिका रहने फिल्मले आइतबार मात्र कास्टिङ कल गरेको छ । फिल्मले मुख्य अभिनेता, अभिनेत्री, चरित्र अभिनेता, चरित्र अभिनेत्री, सहायक अभिनेता÷अभिनेत्री बाल कलाकार आदि गरी ९ जना कलाकार माग गरेको छ । प्रदीप संलग्न फिल्ममा यसअघि विरलै यसरी कलाकार छनोट गरिएको थियो ।
पछिल्ला दुई फिल्मले नराम्रो गाली खाएपछि प्रदीप ‘प्रेमगीत ३’को पर्खाइमा थिए ।
तर, महामारीका कारण फिल्मको प्रदर्शन अनिश्चित बनेपछि अब गर्ने फिल्ममा प्रदीपलाई आफ्नो स्टारडम जोगाउनु पर्ने चुनौती छ । यही कारण पनि प्रदीप नयाँ फिल्महरूमा सतर्क छन् । प्रदीप यो फिल्ममा जुम्लाको कुनै गाउँमा शिक्षक बन्न चाहाने युवकको भूमिकामा देखिनेछन् । फिल्मलाई दिनेश राउतले निर्देशन गर्नेछन् भने फिल्मको पटकथा विकास सुवेदीको हो ।

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
_S7RlkMCfJH_9mzztrlbc3pseqqmpbbqgiryprwfgm4oue3qhisdu5jbssdalndmmkovt4p0_vDjjB4o4g6_yqd0du0rtivrsgrvsdqgb6mawppt87amtbo45wfmlkbjeabrbwj0apdgitkd_1lNKuV6T9I_hy1fvpzbsymtohtsby3fxg7zeqx8lt5uo5inywfpy8glqfnbitt4zukuhrdr.jpg)
सहकारी अपचलनसँग सम्बन्धित चलचित्र ‘महाभोज’ प्रदर्शन हुँदै

क्यामरूनको ‘अवतारः ३’ हुनेछ पान्डोराको सुली परिवारको कथा

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

के घर के डेराः घर नं २, वर्तमान नेपालको अर्थ- सामाजिक चित्र

चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित, नयाँ मिति चाँडै घोषणा गरिने

बुद्ध दर्शनको दस्तावेज – अर्हत्

प्रतिक्रिया