७२.२८ अंकले बढ्दा २००४ पुग्यो नेप्से

काठमाडौं : सोमबारको कारोबारमा नेप्से परिसूचक ७२.२८ अंकले बढेको छ । कारोबार ३.७४ प्रतिशतले बढेर २ हजार ४ दशमलव ३९ विन्दुमा पुगेको छ । राष्ट्र बैंकले त्रैमासिक मौद्रिक नीति समीक्षा गर्दै सेयर धितो कर्जामा पुनरवलोकन गर्ने भनेपछि आइतबार सेयर बजार १ सय २३ अंकले झरेको थियो ।
लगानीकर्ताहरू आइतबार राष्ट्र बैंकलाई एउटै नीतिलाई तीन महिनासम्म स्थायित्व नदिएको भन्दै असहमती जनाउँदै पत्र समेत लेखेका थिए । आइतबार राष्ट्र बैंकका डेपूटी गभर्नर चिन्तामणी शिवाकोटीलाई भेट्न पुगेका लगानीकर्ताले सकारात्मक आश्वासन पाएका थिए । शिवाकोटीले 'तत्काल सेयर धितोसम्बन्धी व्यवस्थालाई नचलाउने' आश्वासन पाएपछि लगानीकर्तामा उत्साह बढेको देखिन्छ ।
लगातार उकालो लागिरहेको सेयर बजारमा सामान्य करेक्सन आउनु विज्ञहरुले स्वाभाविक मानेछन् ।
- राष्ट्र बैंकको आश्वासन पाएपछि लगानीकर्तामा उत्साह
- उकालो लागिरहेको बजारमा सामान्य करेक्सन आउनु स्वाभाविक
यस अवधिमा २०६ वटा कम्पनीको ६० हजार ५५ पटकको कारोबारमा १ करोड १९ लाख २० हजार ८१९ कित्ता शेयरको ६ अर्ब ६६ करोड ७९ लाख बराबरको खरीदबिक्री भएको छ । पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक बढेको हो । सबैभन्दा बढी ट्रेडिङ र जीवन बिमा परिसूचक बढेको छ । ट्रेडिङमा ६.५७ प्रतिशतले बढेको छ ।

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

विन नेपाल लघुवित्तले चैत २१ गतेदेखि एफपीओ बिक्री गर्ने

प्रतिक्रिया