आलियाले सुरु गरिन् ‘आरआरआर’ सुटिङ

मुम्बई : आलिया भट्टले एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’को सुटिङ सेट ज्वाइन गरेकी छिन् । सञ्जयलीला भन्साली निर्देशित फिल्म ‘गंगुबाई कठैयावडी’को सुटिङ सके लगत्तै आलियाले हैदराबादमा सुटिङ थालेकी हुन् । महामारीका कारण ‘गंगुबाई कठैवडी’को सुटिङ दुई हप्ता ढिला भएपछि ‘आरआरआर’ले आलियाको सेड्युलबिनै महाबलेश्वरमा सुटिङ सकेको थियो ।
फिल्ममा आलियाले सीताको भूमिका निर्वाह गर्नेछन् । दक्षिण भारतीय फिल्ममा आलियाको यो डेब्यु हो । समकालीन धेरै अभिनेत्रीले दक्षिणका फिल्ममा काम गरे पनि आलियाले अहिलेसम्म काम गरेकी थिइनन् । फिल्ममा बलिउडबाट अजय देवगन पनि समावेश छन् । त्योबाहेक फिल्ममा रामचरण र जुनियर एनटीआर पनि मुख्य भूमिकामा देखिनेछन् ।
‘बाहुबली’ सिरिज बनाएर चर्चामा आएका रजामौलीले फिल्ममा स्वतन्त्र सेनानी कोमराम भिम र सीथारामाराजुको कथालाई पर्दामा उतार्न लागेकी हुन् । ठूलो बजेटमा निर्माण भएको फिल्म एकसाथ हिन्दी, तमिल, तेलगु , कन्नड र मलयालम भाषामा रिलिज हुनेछ ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया