मन्त्रीकी सम्धिनीले कर्मचारीलाई हैरान पारेपछि...

कैलाली– सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रीले मन्त्रालय सम्हालेको एकसाता नबित्दै निजी सचिवालयमा नाताले ‘सम्धिनी’ पर्ने कर्मचारीलाई मन्त्रालयमा भित्र्याए । लालबहादुर खड्का जेठ १४ मा सामाजिक मन्त्रीमा नियुक्त भएका थिए । उनले निजी सचिवालयमा नाताले सम्धिनी पर्ने लिलावती विष्ट भाटलाई सरुवा गरी भित्र्याएका थिए । मन्त्रीले विष्टलाई ‘काज सरुवा’मा ल्याएका हुन् ।
मन्त्रीको सचिवालयमा जिम्मवारीसँगै भाटको मनोमानी बढ्दै गएपछि सामाजिक विकास मन्त्रालयका कर्मचारीहरुले आफूहरु आतंकित भएको गुनासो गरेका छन् । उनले मन्त्रालयमा मन नपरेका कर्मचारीलाई लखेट्ने, आफन्त र नजिकका कर्मचारीलाई पोस्ने काम गरिरहेको आरोप मन्त्रालयका कर्मचारीहरु लगाउँछन् ।
उनी कञ्चनपुरको भीमदत्त नगरपालिकामा सिनियर अनमी पदमा कार्यरत थिइन् । मन्त्री भएको ७ दिनमै जेठ २१ म नगरपालिकालाई पत्र लेखेर काजमा खटाउन आदेश दिएका थिए ।
मन्त्रालयको आदेशका आधारमा उनलाई मन्त्रालय पठाएको भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बताए । स्थानीय तहको कर्मचारीलाई सरुवा गर्न संघीय सरकारको अनुमति लिनुपर्ने भएतापनि मन्त्रालयले नियम विपरित ठाडो आदेशमा पत्र लेखेर उनलाई मन्त्रालय बोलाएको हो । सूचना अधिकारी धामीले मन्त्रालयले नै पत्र पठाएपछि बाध्यतावस पठाउनु परेको बताए ।
स्थानीय तहको कर्मचारीलाई प्रदेशको कुनै पनि मन्त्रालयले सीधँै काजमा खटाउन आदेश दिन नपाउने कानूनी व्यवस्था छ । प्रदेश सरकार मातहतको कार्यालयमा स्थानीय तहको कर्मचारी काम गर्न खटाउने निर्णय गर्न संघीय सरकारको सामान्य प्रशासन मान्त्रालयले मात्रै पाउँछ ।
त्यसका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत संघीय सरकारलाई अनुरोध गर्नुपर्ने हुन्छ । तर मन्त्री खड्काले भने अधिकृत छैठौंको दरबन्दीमा सहायक पाचौँकी विष्टलाई निजी सचिवालयमा तानेका हुन् ।
मन्त्रालयमा काज सरुवासँगै दोहोरो भ्रमण भत्ता लिने प्रयत्न गरेको पनि भेटिएको छ । एकै दिनमा दोहोरो भ्रमण भत्ता बुझ्न लागेको सूचना मन्त्रालयबाट बाहिर आएपछि उनले दोहोरो भ्रमण भत्ता भने बुझ्न पाएकी छैनन् । विष्टले एकै मितिमा दोहोरो भ्रमण गरेको कागजात अभिलेख खातामा भने देखिएको छ ।
भाटले काजमा आएकै दिन असार १८ गतेदेखि २२ गतेसम्म ५ दिन बैतडी र दार्चुलामा भ्रमण गरेको अभिलेखमा उल्लेख छ भने असार २० गतेदेखि २३ गतेसम्म चार दिन अछाम जिल्लाको भ्रमण गरेको दोहोरो अभिलेख छ । विष्टले बैतडी र दाचुर्लाको भ्रमण गरेको समय र मितिमा अछामको पनि भ्रमण गरेको अभिलेखमा उल्लेख छ । यस विषयमा जानकारी लिन खोज्दा उनले फोन भने उठाइन्न ।उता सामाजिक विकास मन्त्री लालवहादुर खड्काले भने भ्रमणबारेमा बुझेर मात्र प्रतिक्रिया दिने बताए ।

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटायोः अध्यक्ष …

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

प्रतिक्रिया