कोहली पनि आउट, भारतको दोस्रो पाली धरापमा !
काठमाडौँ - कप्तान विराट कोहली पनि आउट भएपछि इंग्ल्यान्डविरुद्ध भारतको दोस्रो पाली धरापमा परेको छ । लर्ड्समा आइतबार भारतले दोस्रो पाली सुरु गरेको थियो । तर लञ्च अगाडि नै पाहुना टोलीले शीर्ष वरियताका तीन जना ब्याट्सम्यान सस्तैमा गुमाएको छ ।
पहिलो पालीमा शतक बनाएका केएल राहुल ५ रनमा आउट हुँदा रोहित शर्मा २१ रन बनाएर पेभेलिएन फर्किए । इंग्लिस पीचमा दुवै अनुभवी ब्याट्सम्यानलाई मार्क वुडले आउट गरेका हुन् ।
दुवै ओपनर गुमाएपछि दबाब महसुस गरेर आक्रामक खेलेका कप्तान विराट कोहली पनि २० रनमा आउट भएपछि भारतको दोस्रो पाली धरापमा परेको हो । ४ चौका हानेका कोहलीलाई साम कुरानले विकेटकिपर जोश बटलरको हातबाट क्याचआउट गराएका हुन् ।
चौथो दिनको खेलमा लन्च सेसनसम्म भारतले ३ विकेट गुमाएर ५६ रन बनाएको छ । पहिलो पालीमा २७ रनले पछि परेको भारतले दोस्रो पालीमा २९ रनको अग्रता मात्रै लिएको छ । अब पाली उकास्ने जिम्मा उपकप्तान आजिन्क्या रहाने, चेतेश्वर पुजारा र रिषभ पन्तको काँधमा छ । अलराउन्डर रवीन्द्र जडेजा पनि फर्ममा रहेकाले भारतीय टिम दोस्रो टेस्ट जोगाउने झिनो आशामा छ ।
पहिलो पालीमा भारतले ३६४ रन बनाउँदा इंग्ल्यान्डले ३९१ रन बनाएको थियो । वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_n7Jw1mO9ns_y9yt9nbttpwjgynsvryydr0xwjatmmrdmj8u5xyefflgm1hdbvqth1z7zod1.jpg)
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

प्रतिक्रिया