बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

८० लाख ४८ हजारले खोप पाए, देउवा आएपछि एक महिनामा सवा ४३ लाखलाई खोप

काठमाडौँ– आइतबारसम्म ८० लाख ४८ हजार जनाले खोप पाएका छन् । पूववर्ती सरकारको समयमा ३७ लाख १४ हजार खोप वितरण भएको थियो । गत वर्ष माघदेखि खोप अभियान शुरु भएकोमा झण्डै ६ महिनासम्म ३७ लाख १४ हजार खोप वितरण भएकोमा पछिल्लो एक महिनामा खोप अभियानले तीव्रता पाएको छ ।

नेपाल खोप अभियान शुरु गर्नेमा दक्षिण एसियामै दोस्रो मुलुक हो । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि ४३ लाख ३३ हजार जनाले खोप लगाएका छन् । नेपालमा अष्ट्राजेनेका तथा कोभिशील्ड, भेरोसेल र जोनसोन एण्ड जोनसोनका खोप उपलब्ध छन् । जोनसोनको खोप अहिलेसम्म १२ लाख ७९ हजारले लगाएका छन् । भेरोसेल खोप २८ लाख १६ हजार पहिलो डोज लगाएका छन् भने भेरोसेल दुवै डोज लगाउनेको संख्या १२ लाख ७५ हजार पुगेको छ । अष्ट्राजेनिका र कोभिशिल्ड १८ लाख ६८ हजार र दुवै डोज लगाउनेको संख्या ८ लाख ८ हजार रहेको छ ।