पेस्तोल देखाएर महिलामाथि सामूहिक बलात्कार घटना सार्वजनिक
बलात्कारपछि गहना लुटपाट गर्ने युवक एक वर्षपछि पक्राउ, अन्य फरार

जनकपुरधाम - हतियार देखाएर लुटपाट तथा बलात्कार गरेर फरार रहेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका ८ का २७ वर्षीय शम्भु महरा भन्ने शम्भु रबिदास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । शनिवार बेलुका उनलाई जनकपुरधाम १६ कपिलेश्वरस्थित रेल्वे लिकबाट पक्राउ गरिएको कुरा जिप्रका प्रवक्ता जितेन्द्र बस्नेतले जनाएको छ ।
गएको वर्ष भदौ ६ गतेका दिन घरबाट पानी लिन निस्किँदा सोही ठाउँकी एक महिलालाई पेस्तोल देखाएर शम्भु सहित रामचन्द्र मण्डल खत्वे समेतको समूहले गरगहना लुटपाट गर्नुका साथै पालैपालो गरी बलात्कार गरी फरार भएको थियो ।
पीडितले दिएको जाहेरीको आधारमा प्रहरीले मुद्दा दायर गरी अनुसन्धान पश्चात अदालतमा मिसिल समेत पेश गरिसकेको थियो । तर अदालतमा मुद्दा विचराधीन रहेकै अवस्थामा फरार रहेका अभियुक्तमध्ये शम्भुलाई पक्राउ गरी कारबाहीका लागि अदालतमा पेश गरिएको प्रवक्ता बस्नेतले जनाएको छ ।
उनले भने ‘पक्राउ परेका शम्भुमाथि हातहतियार, डाका र जबरजस्ती करणी मुद्दाको मिसिल अनुसार कारबाहीका लागि आइतबार जिल्ला अदालतमा पेश गरिएको र अन्य अभियुक्तहरुको खोजी कार्य जारी छ ।’

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

प्रतिक्रिया