सहयोगी कम्पनीलाई एक्सलेन्ट अवार्ड दिँदै समानान्तर समूह

काठमाडौँ - समानान्तर निर्माण सेवा कम्पनीले आफू निर्माणाधिन ठूला परियोजनामा सहकार्य गर्ने अन्य सहयोगि कम्पनी र व्यक्तिलाई प्रोत्साहन स्वरुप 'एक्सलेन्ट अवार्ड' दिने गरेको छ । एक्सलेन्ट अवार्डको प्रमाणपत्र सहित गिफ्ट समेत पाउँदा कामको सम्मान भएको अनुभव अर्को पक्षले गर्ने समानान्तर समूहकाे विश्वास छ ।
सर्वोच्च अदालतको भवन निर्माणमा लागेको समानान्तर समूहले अटो इलेक्ट्रो मेक प्रालिका व्यवस्थापकीय निर्देशक राजेन्द्र महातारालाई आइतबार एक्सलेन्ट अवार्डले सम्मान गरेको छ । राम्रो काम गर्ने सप्लायर्स, प्राविधिक, कामादार लगायतलाई समानान्तर समूहले सम्मान गर्ने र त्यही अन्तर्गत यो कार्य गरेको हो ।
'समानान्तर समूहले राम्रो काम गरेर आफूले मात्र सम्मान लिने होइन । कम्पनीले पनि राम्रो काम गर्नेलाई सम्मान र पुरस्कृत गर्ने गरेको छ,' समानान्तर निर्माण सेवाका व्यवस्थापकीय निर्देशक निरोज थपलियाले भने, 'सम्मान लिन सम्मान गर्न जान्नुपर्छ भन्ने पुरानो भनाईलाई समानान्तरले सधै आत्मसाथ गर्नेछ ।'
सिंहदरबार र हालको सर्वोच्च अदालतको पछाडिपट्टि भागमा सर्बोच्च अदालतको नयाँ भवन निर्माणाधिन छ । भवनकाे अहिलेसम्मकै ठुलाे परियोजना हो । कोभिडको यो सन्त्रासमा पनि 'टावर क्रेन' र 'कंक्रिट व्याचिङ प्लान्ट' सफलता पूर्वक उपलब्ध गराएर कार्य थालनीलाइ सहजीकरण गरेकोमा समानान्तर समूहका अध्यक्ष अच्युत खरेलले महतारालाई सम्मान गरेका हुन् ।
यसरी यो समूहको वृहत काममा सहयोगी हुनेलाई सम्मान गर्न पाउँदा नै समयमा काम सकिएको पत्तो नहुने समूहका अध्यक्ष खरेललाई उद्धृत गर्दै थपलियाले बताए । समानान्तर समूहले निर्माण गरिरहेको भए पनि यो साथ र सहयोग सबैको निकायको रहँदा सहज हुने कम्पनीको धारणा छ ।

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

ह्युमपाइप राखेर खुलाइयो अवरुद्ध नाला-भक्तपुर सडकखण्ड

बिपी राजमार्गको काभ्रे-खण्डमा एक महिनासम्म राति सवारी चलाउन रोक

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुल्यो

प्रतिक्रिया