हलिउडले बाइकट गरेको जोनी डेपको गुनासो

लसएन्जल्स : श्रीमति एम्बर हर्डसँगको विवादमा फसेका हलिउड अभिनेता जोनी डेपले आफूलाई हलिउडले बाइकट गरेको गुनासो गरेका छन् ।
उनले सन्डे टाइम्ससँग कुरा गर्दै यस्तो गुनासो गरेका हुन् । यही व्यवहारका कारण उनले आफ्नो पछिल्लो फिल्म ‘मिनामाटा’ सार्वजनिक गर्न निर्माता डराइरहेको पनि खुलासा गरेका छन् ।
उनले यही क्रममा मिडियाले आफूलाई जानाजान बहिष्कार गरेको पनि गुनासो गरेका छन् । बेलायती पत्रिका ‘दि सन्’सँगको मुद्दा हारेयता जोनी डेप पहिलो पल्ट मिडियामा देखिएका हुन् । उनलाई पत्रिकाले ‘श्रीमति कुटुवा’ नाम दिई समाचार छापेको थियो ।
उनले पत्रिकाविरुद्ध मुद्दा हालेको मुद्दा अदालतले हराइदिएको थियो । यही विवाद चलिरहँदा उनले ‘फेन्टास्टिक बिट’ पनि गुमाउनु परेको थियो । एमजीएमले यो फिल्मबाट जोनीलाई निकालेर अरुलाई नै हिरो लिएको छ । प्रदर्शन रोकिएको ‘मिनामाटा’ पनि एमजीएमले नै रोकेको हो ।

आमिर खानकी आमाले ९१ वर्षमा गरिन् बलिउडमा डेब्यु

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ बाट पनि

कस्तो छ हाउसफुलः ५ ?

दुई हप्तामा नै राजकुमार रावको ‘भुल चुक माफ’ ओटिटीमा रिलिज

आमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

पठानका निर्देशकले अक्षय कुमारसँग हरर फिल्म बनाउने

प्रतिक्रिया