वैदेशिक अध्ययनमा जान नपाएका विद्यार्थीलाई शुल्क फिर्ता

काठमाडौँ - नेपाल राष्ट्र बैंकले वैदेशिक अध्ययनमा जान नपाएका विद्यार्थीले तिरेको शिक्षा सेवा शुल्कबापतको रकम फिर्ता गरेको छ । गत साउन २१ मा आन्तरिक राजस्व विभागले 'शिक्षा सेवा शुल्क फिर्तासम्बन्धी मापदण्ड, २०७८' स्वीकृत गरेको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई शिक्षा सेवा शुल्क फिर्ता गराउन विदेशी विनिमयसम्बन्धी सुविधाको व्यवस्था गर्न निर्देशन दिएको हो ।
विदेशस्थित कलेज वा विश्वविद्यालयमा अध्ययन गर्ने सिलसिलामा शिक्षण शुल्कबापत विदेशी मुद्राको सटही गरी शुल्क बुझाएका विद्यार्थीका हकमा फिर्ता गर्ने उल्लेख छ । विदेशमा अध्ययन गर्न जान नपाई विदेशी मुद्रा फिर्ता गरेमा तीन वर्षभित्र फिर्ता गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

'सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता गर'

बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्ने महासंघ अ…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा

प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत

प्रतिक्रिया