चलचित्र विकास बोर्डले माग्यो पटकथा

काठमाडौं : चलचित्र विकास बोर्डले मौलिक तथा कलात्मक चलचित्र निर्माणका लागि भन्दै पटकथा आहवान गरेको छ । बोर्डले सोमबार पत्रिकामा सूचना प्रकाशित गर्दै इच्छुक फिल्मकर्मीबाट पटकथाको माग गरेको हो । बोर्डले यो अभियानमा सहभागी हुन चाहाने लेखकले सूचना प्रकाशित भएको २१ दिन भित्र आफ्ना कथा बुझाउनु पर्ने बताएको छ ।
बोर्डले यसरी प्रतिस्पर्धामा आएका पटकथामध्ये केहीलाई छानेर सहनिर्माण गर्ने र लेखन प्रक्रियामा पनि आवश्यकताअनुसार विशेषज्ञता उपलब्ध गराउने जनाएको छ
स्वदेशी तथा मौलिक चलचित्र निर्माणमा मद्दत पुग्ने अभिप्रायका साथ बोर्डले केही समयअघि नै स्टोरी बैंकको कार्यविधि २०७७ बनाएको छ । बोर्डका सदस्य सचिव महेन्द्रबहादुर साँखीको संयोजकत्वमा गठन भएको मस्यौदा समितिमा नवल खड्का सह–संयोजक थिए । ‘स्टाेरी बैंक’ का लागि प्राप्त भएका स्टोरी मध्येबाट छानिएका ५ मौलिक स्टोरीमा फिल्म निर्माणका लागि राज्यले विभिन्न सुविधा पाउनेछन् ।कार्यविधि अनुसार दुई फिचर फिल्म, दुई डकुमेन्ट्री र एउटा सर्ट फिल्मलाई राज्यले निर्माणमा सघाउने कार्यविधिको प्रस्ताव रहेको सदस्यले बताएका थिए ।
समितिमा विकासराज आचार्य, रविन्द्र रञ्जन झा, फुलमान वल, दीपेन्द्र के खनाल, छिरिङ रितार शेर्पा, मीनबहादुर भाम, केकी अधिकारी, ताराकुमार श्रेष्ठ र गिरीश शर्मा सदस्य रहेका थिए । विकास बोर्डले यसअघि पनि सोही पटकथा लेखन प्रतियोगिता आयोजना गरेको थियो । शम्भुजित बाँस्कोटा विकास बोर्ड अध्यक्ष भएको समयमा गरिएको यस्तै प्रकृतिको प्रतियोगिता भने नराम्ररी असफल भएको थियो । सो समयमा बोर्डले २७ वटा पटकथा पाए पनि पुरस्कारका लायक कुनै पनि पटकथा नभएको भन्दै वोर्डले यो कार्यक्रम खारेज गरेको थियो ।
हेर्नुस् बोर्डको सूचना

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया