मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

बलात्कारको घटना मिलापत्र गरेको थाहा पाएपछि प्रहरीले बनायो छानबिन समिति

कैलाली- अस्थायी प्रहरी चौकी बडेहाको रोहबरमा गाउलेले बलात्कारको घटनामा मिलापत्र गराएको सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले छानबिन समिति गठन गरेको छ । ११ बर्षिया बालिकामाथि हातपात गर्दै बलात्कार प्रयास गरेको घटना साढे तीन लाख रुपैँयामा मिलाइएको सार्वजनिक जिल्ला प्रहरी कार्यालय कैलालीले इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत डिएसपी प्रेम शाहीको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो।

छानबिन समितिमा डिएसपी शाही संगै जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक दानबहादुर रोकाया, प्रहरी हवल्दारद्धय छक्कबहादुर कार्की, चक्रबहादुर खड्का र प्रहरी जवान अर्जुनबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

गोदावरी नगरपालिका वडा नम्बर ८ फकलपुरमा प्रहरी र जनप्रतिनिधिको रोहबरमा साढे तीन लाख रुपैयामा घटना मिलाइएको सार्वजनिक भएपछि सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

यहि साउन २६ गते राती करिब १० बजेतिर स्थानीय छुनुकलाल चौधरीले ११ वर्षीया बालिकामाथि हातपात गर्दै बलात्कार प्रयास गरेको आरोप लागेको थियो । यता वडा नम्बर ८ का वडा सदस्य राजेश चौधरीले छुनुकलाललाई साढे तीन लाख दण्ड गराएर मिलापत्र गरिएको स्वीकार गरेका छन्।