बागमती प्रदेश प्रहरी कार्यालयले गर्यो मातहतका प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता
काठमाडौँ – बागमती प्रदेश प्रहरी कार्यालयले चालु आर्थिक वर्षका लागि मातहतका १४ कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ ।
सोमबार भिडियो कन्फ्रेन्समार्फत आयोजना गरिएको ‘कार्यसम्पादन सम्झौता एवम् मासिक मुल्यांकन मापदण्डको शुभारम्भ’ कार्यक्रममार्फत सम्झौता भएको हो । बागमती प्रदेश प्रहरी कार्यालयले मासिकरूपमा सम्पादन गर्नुपर्ने कामको सूचक निर्धारण गरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) प्रकाशजंग कार्की र मातहत कार्यालय प्रमुखबीच कार्यसम्पादन सम्झौता भएको हो ।
कार्यसम्पादन सम्झौतामा रहेका सूचकको मासिक मुल्यांकन गरी मातहत कार्यालयको कार्यसम्पादनको स्तरसमेत निर्धारण गरिने बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए ।
बागमती प्रदेश प्रहरी कार्यालयअन्तर्गतका १० वटा जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी तालीम केन्द्र, प्रदेश ट्राफिक प्रहरी कार्यालय र २ वटा गण मुख्यालय गरी १४ वटा प्रत्यक्ष मातहतका कार्यालयसँग कार्यसम्पादन सम्झौता गरिएको उनले बताए । प्रहरी कर्मचारीले गर्ने सेवा प्रवाहलाई प्रणालीबद्ध बनाउने र शान्ति सुरक्षा एवम् अपराध रोकथाम तथा नियन्त्रणलगायतका कार्यलाई व्यवस्थित गर्ने उद्देश्यले मातहतका कार्यालय प्रमुखसँग कार्यसम्पादन करार गरिएको उनले जानकारी दिए ।
‘शान्ति सुरक्षा, विपद् व्यवस्थापन, अपराध अनुसन्धान एवम् नियन्त्रण, आन्तरिक व्यवस्थापन, कर्मदक्षता, उत्प्रेरणा अभिवृद्धि र प्रहरी सेवा प्रवाहसँग सम्बन्धित विषयलाई प्रमुख सूचक निर्धारण गरिएको छ,’ उनले भने ।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया