मन्त्री शाही र सांसद वलीलाई पदमुक्त गर्न एमालेको पत्राचार

बुटवल- नेकपा एमालेले लुम्बिनी प्रदेशका विना विभागीयमन्त्री अजय शाही र सांसद विमला खत्री वलीलाई पदमुक्त गर्न पत्राचार गरेको छ । एमाले संसदीय दलका मुख्यसचेतक भुमिश्वर ढकालले एमालेको सूर्य चिन्ह लिएर निर्वाचित शाही र विमला ओलीले पार्टीको विधान र संसदीय दलको विधान नियम विपरीत र पार्टीको निर्देशन विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरिएको बताए ।
उनले भने 'उहाँहरूले पार्टीको नीति निर्देशन मान्नु भएन पार्टीको ह्विप विपरीत तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारको नीति तथा कार्यक्रम असफल गर्न मतदान गरेको र संसदीय दलको निर्देशन विपरीत नवगठित मन्त्रिपरिषद्मा सहभागी हुने गरेकाले पदमुक्त गर्नका लागि पत्राचार गरेका हौँ ।'
मन्त्री शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ ख बाट हृदेश त्रिपाठीको स्वतन्त्र समूहमार्फत सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए । सांसद विमला खत्री वली भने एमाले नेता उत्तरकुमार वलीको निधनपछि २०७६ सालमा तत्कालिन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित भएकी थिइन् ।
शाहीले आफुलाई स्वतन्त्र सांसद भएकाले नेकपा एमालेको ह्विप नलाग्ने दाबी गर्दै आएका छन् । तर सांसद वली भने कहिले एमाले कहिले नेकपा माओवादी भएको भन्दै पत्रकार सम्मेलन गर्दै आएकी छिन् ।
उनी अब विस्तार हुने मन्त्रिमण्डलमा सहभागी हुने माओवादी केन्द्रका नेताहरूले दाबी गरेका छन् । एमाले पदमुक्त गर्न पत्र बुझाएसँगै आजको संसद् बैठक के हुने भन्ने विषयमा अन्योल छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया