शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

नेपाल समूहको दाबी : वामदेव पनि हामीतिरै

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पनि वरिष्ठ नेता माधवकुमार नेपाल समूहमै खुल्ने तयारीमा छन् । पार्टी विभाजनको विकल्प नै नभएको बताउँदै एमाले नेता मेटमणि चौधरीले उपाध्यक्ष गौतम पनि नेपाल समूहमै आएको बताएका हुन् ।

‘अब पार्टी विभाजनको विकल्प नै छैन, आज हाम्रो पक्षमा खुल्ने सांसद र केन्द्रीय सदस्यको हस्ताक्षर हुन्छ,’ उनले भने, ‘उपाध्यक्ष वामदेव गौतम पनि हामी रहेको समूहमै आउनुहुन्छ । उहाँसँग सबै कुरा भइसक्यो । प्रतिगमनसँग यात्रा गर्न म पनि सक्दिनँ भनेर उहाँले भनिसक्नु भएको छ ।’