माधव नेपाललाई फुट्न सजिलो हुने गरी अध्यादेश जारी हुँदै
'२० प्रतिशत भए पुग्ने व्यवस्था गरिएको छ'

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धी ऐन २०७३ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जारी गर्ने निर्णय गरेको हो । अध्यादेशको मस्यौदाका भाषा मिलाउनेक्रम जारी छ ।
बैठकमा दल विभाजन सम्बन्धि अध्यादेश पारित भएको छ । अबको केही समयभित्रै राष्ट्रपति कार्यालयमा पठाउने तयारी गरिएको छ । जसमा दल विभाजन भएको तीन साताभित्र प्रदेश र स्थानीय तहमा जनप्रतिनिधले दल रोज्ने अध्यादेशमा राखिएको छ ।
दल विभाजनका निम्ति केन्द्रीय समिति र संघीय संसद्का विगतको कायम संख्या आधाको हाराहारीमा झारिएको छ । बैठकमा सहभागी एक मन्त्रीले इकागलाई दिएको जानकारी अनुसार अध्यादेशको सैदान्तिक विषय पास भइसकेको छ । '२० प्रतिशत भए पुग्ने व्यवस्था गरिएको छ' उनले इकागजसँग भने ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई फुट्न सजिलो हुने गरी अध्यादेश ल्याइएको छ ।

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

प्रतिक्रिया