शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

अर्याल होटलमा नेपाल समूहका २२ सांसदको छलफल

फाइल तस्बिर

काठमाडौँ – सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेसँगै एमालेका माधवकुमार नेपाल समूहका सांसदहरु छलफलमा जुटेका छन् । माधवकुमार नेपालसहितको छलफल काठमाडौँको बानेश्वरस्थित अर्याल होटलमा सुरु भएको हो ।  

वरिष्ठ नेता नेपालले एमाले विवाद समाधानका लागि यसअघि गठन भएको कार्यदलका सदस्यहरुसँग छलफल गरेपछि सांसदहरुको बैठक सुरु भएको हो । दल विभाजनको लागि केन्द्रीय कमिटी वा संसदीय दलको ४० प्रतिशत चाहिने व्यवस्था हटाएर २० प्रतिशत कायम गरिएको छ ।

नेपाल समूहका एक सांसदले भने, 'प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसद त यसै पनि सहभागी छौँ नै । अन्य केही पनि थपिनु भएको छ । केही म पनि आउँछु है भन्दै खबर गरिरहनु भएको छ ।'