भारतमा बस दुर्घटना हुँदा कञ्चनपुरका दुईको मृत्यु

धनगढी : भारतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। भारतको पिलिभितबाट स्वदेश फर्किने क्रममा बोलेरो जिपसँग बस ठोक्किँदा बसमा सवार कञ्चनपुरका एक दम्पत्तीको मृत्यु भएको हो।
दुर्घटनामा भीमदत्त नगरपालिका-११ का ४५ वर्षीय मोहनबहादुर गुरुङ र उनकी श्रीमती कलावतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले बताए। यस्तै उनका १७ वर्षीय छोरा आनन्द गुरुङ सामान्य घाइते भएको प्रहरी नायब उपरिक्षक थापाले बताए। मृतक दम्पत्तीको शव कञ्चनपुर ल्याइएको छ।

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया