जसपा बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौँ - सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)को आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा दुई प्रतिवेदन पेस भएका छन् । कालिकास्तानमा रहेको पार्टी प्यालेसमा सुरु बैठकमा नेता राजेन्द्र श्रेष्ठले पार्टीको आगामी कार्यदिशाबारे र नेता मृग्रेन्द्रसिंह यादवले पार्टीको संगठन सुदृढीकरण सम्बन्धी प्रतिवेदन पेस गरेका हुन् ।
दुई दिनसम्म चल्ने केन्द्रीय कार्य समितिको बैठकमा दुवै नेताहरूको प्रतिवेदनमाथि केन्द्रित रहेर नेताहरूले आ-आफनो धारणा राख्नेछन् ।
बैठकमा प्रदेश कमिटीका नेताहरूले पनि पार्टीको कार्यदिशा र संगठन सृदृढीकरणका विषयमा धारणा राख्नेछन् । नेता प्रमोद साहले पार्टीको तल्लो तहसम्मको संगठन सुदृढीकरणका लागि ठोस धारणा तय गर्न पनि केन्द्रिय कार्य समितिको बैठक बोलाएको बताए । भावी कार्यदिशाका विषयमा नेताहरूबीच गहन छलफल हुने पार्टीले जनाएको छ ।
बैठकको सुरुमा निर्वाचन आयोगबाट आधिकारिता पाएपछि केन्द्रीय सदस्यहरूले पद तथा गोपनियताको सपथ लिएका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया