मौउरिन्होको टोटनहम रणनीतिमा केन र सनको साझेदारी

काठमाडौं : यो सिजन प्रिमियर लिगमा टोटनहम बलियो देखिएको छ । लिगमा ११ खेल सकिदाँ २४ अंक बटुलेको टोटनहम अंक तालिकाको पहिलो स्थानमा आसिन छ । लिभरपुलको समान अंक भएपनि गोल अन्तरका कारण जोसे मौउरिन्होको टिम अगाडि छ । यी दुई टिमलाई चेल्सीले पछ्याउँदै छ । लिगमा आधा खेलहरू पनि नसकिएको अवस्थामा उपाधी कसले जित्ला भन्ने अनुमान गर्न कठिन छ । तर उपाधी दौडमा टोटनहमको उपस्थितीलाई नर्कान सकिँदैन् ।
यस पटकको टोटनहमबारेमा धेरै कोणबाट बिश्लेषण गर्न सकिन्छ । रक्षा पंत्तिदेखि आक्रमण गर्ने शैलीसम्मलाई लिएर । अनि त्यसमा छुटाउनै नसकिने विषय हो, ह्यारी केन र सन ह्युङ मिनको जोडी ।
आइतबार उत्तरी लन्डनमा टोटनहम र आर्सनल भिड्दा केन र सनको जोडीले गोल ग¥यो । खेलको सुरुवातमै दक्षिण कोरियाली फरवार्ड सनले गोल गर्दा, इंग्लिस केनले पास उपलब्ध गराए । त्यस्तै, पहिलो हाफको अन्त्यमा टोटनहमको अग्रता दोब्बर बनाउन केनले गोल गरे । यस पटक सनले पैँचो तिरे । केनलाई दर्शनिय गोल गर्न सहयोग गर्ने सहकर्मी थिए, सन । टोटनहमका मूख्य स्ट्राइकर मानिने केनले यस सिजन लिगमा आठ गोल गरेका छन् । उनी भन्दा धेरै गोल गरेका छन्, सनले ।
धेरै खेलहरूमा यी दुई खेलाडीहरूले एक आपसलाई गोलका लागि पास उपलब्ध गराएका छन् । तथ्याकं केलाउने हो भने, जारी सिजनमा केन र सनले ११ गोलकालागि साझेदारी गरेका छन् । अर्को वाक्यमा भन्दा, यी दुईको जोडी जमिरहेको छ ।
गत सिजनबाट टोटनहम सम्हालिरहेका मौउरिन्होले पहिलो वर्षमा क्लबलाई लिगको शिर्ष चारभित्र छनौट गराउन सकेनन् । तर यसपटक, उनको प्रशिक्षणमा टोटनहम फरक देखिएको छ । टोटनहमले प्रत्येक खेल सर्तक भएर खेल्ने गरेको छ । रेलिगेशन (घटुवा) बाट बच्न संर्घषरत टिमले झै । यस्तो लाग्छ, मौउरिन्होले टोटनहमलाई ३८ औं खेलसम्म पनि यसरी नै खेलाउनेछन् ।
युरोपियन क्लब फुटबलमा प्रत्येक सफल टिमको आफ्नै प्रकारको खेल्ने शैली हुन्छ ।
माथि उल्लेख गरेझै प्रिमियर लिग सुरुवाती चरणमै छ । त्यसकारण टोटनहमले धेरै लामो यात्रा तय गर्नुपर्नेछ । अनि, मौउरिन्हो जस्ता प्रशिक्षकलाई पक्कै थाहा छ लामो यात्राका लागि कसरी तयार रहने भनेर । शायद त्यसकै संकेत हो, टोटनहमले प्रत्येक साता देखाउने संन्तुलित रक्षात्मक खेल । अनि त्यसमा, मिसिने ‘काउन्टर एट्याक’ ।
युरोपियन क्लब फुटबलमा प्रत्येक सफल टिमको आफ्नै प्रकारको खेल्ने शैली हुन्छ । प्रिमियर लिगमा योर्गेन क्लपको लिभरपुलको आफ्नै शैली छ । जसलाई ‘हाइप्रेस’ भनिन्छ । मौउरिन्होको टोटनहमले पनि आफुलाई सुहाउँदो शैलीलाई अंगिकार गरेको छ । बलियो रक्षापंत्तिले साथ दिएको केन र सन नेतृत्वको आक्रमक फुटबल ।
केन र सनले टोटनहममा पाँचवर्षसँगै बिताइसकेका छन् । यति लामो समयसँगै खेलेका कारण दुबैजना एकअर्काको खेल बुझ्छन् । त्यसकै नतिजा हो टोटनहमका लागि दुई सय ६३ गोलमा उनीहरूले गरेको साझेदारी । सन् २०१५ मा बार्यन लेभरकुजनबाट टोटनहम आएका सनले लन्डन क्लबकालागि दुई सय ४६ खेल खेल्दै ९८ गोल गरेका छन् । अनि ५३ असिस्टको योगदान पनि ।
जुनसुकै सफल खेलाडीका बारेमा छलफल हुदाँ उसलाई क्लबले खरिद गर्दा कती रकम खर्च गरेको थियो भन्ने पनि उल्लेख गरिन्छ । सनलाई क्लबमा भित्रयाउन टोटनहमले २२ मिलियन पाउन्ड मात्र खर्च गरेको थियो । सनले टोटनहममा देखाएको प्रदर्शनको तुलनामा उनको अनुबन्धनकालागि खर्च गरिएको रकम नगण्य हो । उता केनमाथि पनि टोेटनमहले धेरै पैसा खर्च गर्नुपरेन । किनभने उनी टोटनहमकै एकेडेमीबाट सिनियर टिममा बढुवा भएका हुन् ।
टोटनहमले केन र सनमाथि कम खर्च गरे पनि यी खेलाडीहरूले क्लबलाई भने ठूलो फाइदा पुर्याएका छन्, गुन लगाएका छन् । यी खेलाडीहरूको उपस्थिती नै टोटनहमको सबैभन्दा बलियो पक्ष हो । त्यसमा, प्रशिक्षक मौउरिन्हो पनि सहमत छन् । तब त मौउरिन्होले उनीहरूलाई स्वतन्त्रतापूर्वक खेल्न दिइरहेका छन् ।
केन र सन दुबै उच्च कौशल भएका खेलाडी हुन् । उनीहरू शारीरिक रूपमा पनि बलिया छन् । अनि मौउरिन्होले बनाएको रणनीतिलाई जस्ताको त्यस्तै लागू गर्न सक्षम पनि । त्यसो त केन स्ट्राइकर हुन् भने सनले आफ्नो करियरको प्राय खेलहरू विङ्गर भएर खेलेका छन् । तर मौउरिन्होको टोटनहममा यी दुई खेलाडीहरू जुनसुकै भूमिका पनि निपूर्ण देखिन्छन् । सन आफ्नो तिब्र गतिलाई कुशलतापूर्वक प्रयोग गर्छन् भने केन ‘प्लेमेकिङ’ क्षमतालाई । यी दुई खेलाडीहरू एकअर्काको कमजोर पक्षहरूलाई चलाखिपूर्ण तरिकाले परिपुर्ती गर्न प्रयास गर्छन् । त्यसमा सफल पनि भइरहेका छन् ।
आर्सनलविरुद्धको खेलमा केन र सनमा मात्र महत्वपूर्ण थिएनन् । यसै सिजन उत्तरी लन्डन क्लब आएका पियर एमाइल होइब्याक र फ्रेन्च विङ्गर मौसा सिसोकोको भूमिका पनि उत्तिकै महत्वपूर्ण थियो । जब-जब केन र सन आक्रमण बुन्न अघि बढ्थे उनीहरूलाई साथ दिनेमा होइब्याक र सिसोको हुन्थे । आर्सनलले यी चार खेलाडीहरूको जुझारुपनलाई झेल्न सकेन ।
प्रिमियर लिगका आउँदा खेलहरूमा टोटनहमको आक्रमणलाई अरु क्लबहरूले पनि झेल्नै छ । अझ भनौ, केन र सनको जोडीलाई । केन र सनको जोडीलाई बाँकी मिडफिल्डसँग जोडिनबाट कसरी रोक्ने ? विपक्षी टिमहरूले रणनीति बनाउन जरुरी छ । जसमा आर्सनल असफल भयो । (अन्तराष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा)

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया