दल विभाजनसम्बन्धी विधेयकविरुद्ध युवा संघको प्रदर्शन

काठमाडौँ - एमालेको भ्रातृ संस्था युवा संघले सरकारले ल्याएको दल विभाजन सम्बन्धी विधेयकविरुद्ध प्रदर्शन गरेको छ । मंगलवार काठमाडौंको वानेश्वर चोकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर युवा संघका कार्यकर्ताले सरकारले ल्याएको पार्टी विभाजनसम्बन्धी विधेयकविरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।
युवा संघले नेकपा एमाले जिन्दवाद, मापसे सरकार मुर्दावाद, दल विभाजनसम्बन्धी विधेयक खारेज गर, विदेशी दलाल शेरबहादुर देउवा मुर्दावाद जस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका हुन् ।
युवा संघले गरेको प्रदर्शनको क्रममा प्रहरीमाथि ढुङ्गामुढासमेत गरेको थियो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पर्याए दल विभाजन गर्न सक्ने गरी राजनीतिक दल विभाजन सम्बन्धी विधेयक ल्याएको थियो । यसक्रममा प्रहरीसँग युवा संघका कार्यकर्ताको झडपसमेत भएको थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया