अफगानिस्तानमा विकसित घटनाबारे बल्ल बोल्यो सरकार

काठमाडौँ – सरकारले अफगानिस्तानमा विकास भएको घटनालाई नजिकबाट नियाली रहेको जनाएको छ । अफगानिस्तानमा तत्काल शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न पनि नेपाल सरकारले आग्रह गरेको छ । सार्क अध्यक्ष समेत रहेको नेपालले सार्कको कान्छो सदस्य मुलुकमा भएको यो घटनालाई गम्भीर र"पमा लिँदै त्यस घटनालाई नजिकबाट नियालि रहेको जनाएको छ ।
घटना भएको झण्डै एकसाता पछि अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमबारे नेपाल सरकारको आफ्नो धारणा बाहिर ल्याएको हो । ‘सरोकारवाला सबैलाई सर्वसाधारणको शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न आग्रह गर्दछौं’ सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेपालले अफगानिस्तान छाड्न चाहनेहरुलाई सुरक्षित रुपमा सडकमार्ग, हवाईमार्ग र सीमापार गर्न दिन पनि आग्रह गरेको छ । नेपाली नागरिकहरु पनि धमाधम सम्पर्कमा आइरहेपछि सरकाले यस्ता धारणा प्रस्तुत गरेको हो । सरकारले अफगानिस्तानमा मानव जीवन र सम्पत्तिको रक्षा, शान्ति र स्थिरता कायम गर्न पनि अपिल गरेको छ ।
सार्क सदस्य राष्ट्रको हैसियतमा नेपालले अफगानिस्तानमा शान्ति र स्थिरता कायम भएको देख्न चाहेको भन्दै सार्क राष्ट्रहरुले सहकार्य भूमिका निर्वाह गर्दै त्यहँको संकट मोचन गर्न पर्नेमा जोड दिएको छ ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया