‘ट्यालेन्ट हन्ट’ भदौ ११ बाट प्रशारण हुने

काठमाडौं - नेपालमै पहिलोपटक एउटै प्रतियोगिताको मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ भदौ ११ गतेबाट सुरु हुने भएको छ। भारतीय संगीत क्षेत्रमा स्थापित टि सिरिज स्टेज वर्क गुहावटी र टि सिरिजको शैक्षिक पहलसँगको सहकार्यमा शो हुन लागेको हो ।
नेपालका लागि अधिकारिक प्रतिनिधि काइजेन इन्क प्रालिको आयोजनामा नाइस टेलिभिजन एचडीमार्फत युनिक डिजिटल अनलाइन ट्यालेन्ट हन्ट रियालिटी शो हुन लागेको हो। भदौ ११ गतेदेखि प्रत्येक शुक्रबार र शनिबार राति ८:४५ बजे नाइस टेलिभिजनमा प्रशारण हुने छ।
डिजिटल पेमेन्टको क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाइरहेको कम्पनी डिजी पे मुख्य प्रयोजक रहेको ट्यालेन्ट हन्ट प्रतियोगितामा तीनवटै विधाका विजेतालाई भारतस्थित टी सिरिज स्टेज वर्क गुहावटीमा काइजेन इन्कका तर्फबाट १० लाख रुपैयाँबराबरको छात्रवृत्ति प्रदान गरिने आयोजकले जानकारी दिएको छ। प्रमुख विजेताले सतप्रतिशत, उपविजेताले ७५ प्रतिशत र तेस्रो स्थान हासिल गर्नेले पनि संगीत, नृत्य वा अभिनय प्रशिक्षणमा ५० प्रतिशत छात्रवृत्ति पाउनेछन्। विजेता तथा प्रतिस्पर्धीले उपाधिसँगै प्रायोजकहरूबाट आकर्षक उपहारहरू समेत प्राप्त गर्ने आयोजकको भनाइ छ।
आयोजकका अनुसार छनोट चरणका आठ, सेमिफाइनलका दुई र ग्रान्ड फिनाले (अन्तिम चरण) को एकसहित ११ शृंखलामा पूरा हुने रियालिटी शोमा विजेताको छनोट निर्णायकको अंक, डिजिटल भोटिङ र सोसल मिडियाको प्वाइन्टका आधारमा गरिने छ। प्रतियोगितामा नेपाली र भारतीय चलचित्र तथा संगीत उद्योगका हस्तीलाई निर्णायक राखिएका छन् भने प्रत्येक शृंखलामा तीनवटै विधाका दुई–दुई अलग निर्णायक रहनेछन्।
डिजी पेका प्रबन्ध निर्देशक दिवाकर पाण्डेले आफूमा लुकेको प्रतिभालाई बाहिर ल्याउन ट्यालेन्ट हन्ट शो बलियो आधार हुने बताए। टी सिरिज जस्तो भारतकै ठूलामध्ये पर्ने मनोरञ्जन कम्पनीको सहयकार्यमा हुन गइरहेको यो प्रतियोगिता गायन, नृत्य र अभिनय क्षमता भएर पनि बाहिर आउन नसकेका प्रतिभाहरूका लागि उत्कृष्ट ‘प्लेटफर्म’ हुने पाण्डेको भनाइ छ।
‘यो ट्यालेन्ट हन्टमा विजेताहरूले भारतीय चलचित्र उद्योग बलिउडमा समेत प्रवेश पाउने सम्भावना उच्च छ किनभने यसको नारा पनि ‘टिकेट टु बलिउड’ रहेको छ,’ पाण्डेले भने, ‘त्यसकारण जितहार ठूलो कुरा होइन। आफ्नो ठाउँमा भएको र आफ्नो प्रतिभा देखाउन यतिको राम्रो ठाउँ पाउनु धेरै ठूलो कुरा हो। यस्तो स्तरीय कार्यक्रममा प्रयोजन गरी सहभागी हुन पाउँदा हामी औधी खुसी छौं।’
पाण्डेका अनुसार यो प्रतियोगिता सबै डिजिटल (अनलाइन) माध्यमबाट हुनेछ। प्रतियोगीले आफ्ना प्रतिभाको भिडियो आफैं तयार गरेर पठाउनुपर्ने छ भने निर्णायकले पनि अनलाइनबाटै मूल्यांकन गरी विजेता छनोट गर्नेछन्। कोरोना भाइरस महामारीका बेला यसबाट स्वास्थ्य मापदण्ड पनि पालना हुनेछ। त्यसैगरी काइजेन इन्कका कार्यकारी अधिकृत सुष्मा मानन्धरले कार्यक्रमपछि आफ्नो प्रतिभा थप निखार्न काइजेन इन्कमा सम्पर्क गरी टि सिरिज स्टेज वर्क गुहावटीमा आफूलाई रोजेको विषयमा अध्ययन गर्न सकिने जानकारी दिइन्।
‘आफूभित्र रहेको गायन, अभिनय र नृत्य प्रतिभालाई लुकाएर नबस्नुस्, हामीसँग जोडिनुहोस्,’ मानन्धरले भनिन्, ‘भोलि तपाईंका लागि बलिउडको ढोका नखुल्ला भन्न सकिन्नँ। मिहिनेत गरौं, परिश्रमको फल अवश्य पाइने छ।’आयोजकका अनुसार अनलाइन अडिसनबाट छनोट भएका १ सय २० प्रतीस्पर्धीबीच तीन चरणबाट खारिएका प्रतिभाले ग्रान्ड फिनालेमा आफ्नो प्रस्तुति देखाउनेछन्। रियालिटी ट्यालेन्ट हन्ट नेपालकै दोस्रो स्याटेलाइट एचडी च्यानल नाइस टेलिभिजन एचडीमार्फत साताका दुई दिन शुक्रबार र शनिवार राति ८ः४५ बजे प्रशारण हुनेछ। सेमिफाइनल र ग्रान्ड फिनाले शनिवार प्रशारण गरिने आयोजकले जनाएको छ।
सेलेब्रिटी गेस्ट जज
आयोजकका अनुसार प्रत्येक राउन्डमा तीन विधा हुने र हरेक राउन्डमा विभिन्न सेलेब्रिटी जजहरूले प्रतिस्पर्धीको मूल्यांकन गर्नेछन्। प्रत्येक विधामा १४ विशिष्ट सेलेब्रिटी जजहरूले प्रतिस्र्धीको मूल्यांकन गर्नेछन्। आयोजकले जजहरूको समूहलाई ‘टिम अफ मेगा जजेज’ नाम दिएको छ। विशिष्ट सेलेब्रिटी जजहरूलाई यो प्रतियोगितामा संलग्न गराउन पाउँदा भिन्नैखालको सम्मान र गौरव महसुस भएको आयोजकको भनाइ छ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया