धनराज गुरुङको देउवालाई प्रश्न : सर्वदलीय बैठकको औचित्य के ? बरु मोर्चाबन्दी कस्न बैठक बसौं

काठमाडौं : कांग्रेस नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकको औचित्य नभएको बताएका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा कांग्रेस सभापति शेरबहादुर देउवालाई मेन्सन गर्दै सर्वदलीय बैठकको औचित्य नभएको बताएका हुन् ।
गुरुङले आफ्नै पार्टीका नेताहरुले भ्रष्टाचारीको आरोप लगाएपछि पार्टी बैठकमा ओली उपस्थित हुन छाडेको दाबी गरेका छन् । उनले सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल कांग्रेसकै नेतृत्वमा भ्रष्टाचारविरुद्ध मोर्चाबन्दी कस्नका लागि आवश्यक रहेको औंल्याएका छन् ।
'आफ्नै पार्टीका नेताहरुले भ्रष्टाचारीको आरोप लगाएपछि पार्टीकै बैठकमा उपस्थित हुन छाडेका प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकको औचित्य छैन' गुरुङले ट्वीट गरेका छन् 'बरु यतिखेर सर्वदलीय बैठक त प्रमुख प्रतिपक्ष दल कांग्रेसकै नेतृत्वमा भ्रष्टाचारविरुद्ध मोर्चाबन्दी कस्नका लागि आवश्यक छ ।'
आफ्नै पार्टीका नेताहरुले भ्रष्टाचारीको आरोप लगाएपछि पार्टीकै बैठकमा उपस्थित हुन छाडेका प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकको अौचित्य छैन। बरु यतिखेर सर्वदलीय बैठक त प्रमुख प्रतिपक्ष दल कांग्रेसकै नेतृत्वमा भ्रष्टाचार बिरुद्ध मोर्चाबन्दी कस्नका लागि आवश्यक छ। @DeubaSherbdr
— Dhan Raj Gurung (@dhanrgrg) December 8, 2020
ओलीले मंगलबार बिहान ११ बजे संघीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाएका हुन । देशमा कोभिड-१९ को मार खेपिरहेको छ भने अर्कातिर राजावादीहरुले आन्दोलन चर्काइरहेका छन् । केही समययता राजावादीहरूले देशका विभिन्न ठाउँमा आन्दोलन गरिरहेका छन् ।
सत्तारुढ नेकपाभित्र पनि विवाद चर्कंदो छ । अध्यक्षद्वय ओली र पुष्पकमल दाहालको फरक-फरक राजनीतिक प्रस्ताव सचिवालयमा नटुंगिएपछि स्थायी कमिटीमा पुगेको छ । पटक-पटक सचिवालय बैठक छलेका प्रधानमन्त्री ओलीले आइतबार बसेको स्थायी कमिटी पनि छलेका थिए ।
पछिल्लो पटक बैशाख ३१ गते सर्वदलीय बैठक बसेको थियो । त्यसयता सर्वदलीय बैठक बसेको छैन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया