विजय लामासहित निगमका आठ पाइलटको प्रतिबन्ध फुकुवा

काठमाडौँ - अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले नेपाल वायुसेवा निगमका आठजना पाइलटलाई हिजो मंगलबार उडान अनुमति दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमका ती पाइलटलाई उडान अनुमति दिन एक साताअघि अनुरोध गरेको थियो ।
विभिन्न कारणवश ९० दिनसम्म विमान उडाउन नपाएको, ६ महिनासम्म पनि सिमुलेटर तालिम लिन नपाएका कारण ती पाइलट आइकाओको नियमानुसार स्वतः प्रतिबन्धमा परेका थिए । यसरी प्रतिबन्धित पाइलटलाई उडान भर्न आइकाओले नै अन्तिम स्वीकृति दिनुपर्ने नियम छ ।
निगमको फ्लाइट अपरेशन विभागका निर्देशक क्याप्टेन दिपुराज ज्वार्चनका अनुसार फुकुवा भएका पाइलटहरुमा वाइड बडीका क्याप्टेन विजय लामा, वाइड बडीकै क्याप्टेन समझकुमार श्रेष्ठ, न्यारो वडीका प्रदीप राजभण्डारी, सोनी राणा, लालबहादुर थकाली, योगेश हिराचन, दिपुराज ज्वार्चन र उद्धव घिमिरे छन् ।
‘प्राधिकरणको सिफारिसमा आइकाओले हिजो निर्णय गरेको हो,’ ज्वार्चनले बुधबार इकागजसँग भने ।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया