रेकर्ड खाने विजयको ट्विट

मुम्बई : ट्विटर इन्डियाले सोमबार वर्षभरिका चर्चित ट्विटको तथ्यांक सार्वजनिक गर्यो । उसले सार्वजनिक गरेको तथ्यांकमा सर्वाधिक कोट भएका ट्विट, लाइक पाउने ट्विट र रिट्विट भएका ट्विटको सूची थियो । तर, यी तीनै विधामा फिल्मको वर्चस्व रह्यो । सन् २०२०मा सर्वाधिक कोट भएको ट्विटमा अमिताभ बच्चनले रेकर्ड राखे । अमिताभ बच्चनले आफूलाई कोभिड पोजेटिभ देखिएको ट्विटलाई लाखौं मानिसले कोट गरेका थिए ।
उत्कृष्ट तीन ट्विटको सूचीमा क्रिकेटर विराट कोहलीको ट्विट पनि सामेल रह्यो । उनले अनुष्का शर्मा गर्भवती भएको संकेत दिने फोटो राख्दै आउँदो वर्षको जनवरीबाट आफूलाई दुईबाट तीन हुने खबर सार्वजनिक गरेका थिए । उनको यो ट्विटले सर्वाधिक लाइक पाउने रेकर्ड कायम गर्यो । सर्वाधिक रिट्विट हुने ट्विटको रेकर्ड तमिल फिल्मस्टार विजयको नाममा रह्यो ।
उनले ‘मास्टर’ फिल्मको सुटिङ सेटबाट ट्विट गरेको तस्बिर सर्वाधिक रिट्विट भएको थियो । नेभेली भन्ने ठाउँलाई धन्यवाद दिएको विजयको ट्विट १ लाख ५० हजारभन्दा ज्यादा संख्यामा रिट्विट भएको थियो । विजयको ‘मास्टर’ तमिलनाडुको सबैभन्दा ठूलो फेस्टिभल पोंगलको अवसर पारेर रिलिज हुँदैछ ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया