अफगानिस्तानबाट ध्वजावाहक जहाजमा नेपाली ल्याउन सक्ने अवस्था छैन : गृहमन्त्री खाण

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले अफगानिस्तानमा रहेका नेपाली लिन तत्काल नेपाली ध्वजावाहक जहाज जान सक्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । बुधबार कानून, न्याय तथा मानव अधिकार समितिले अफगानिस्तानमा रहेका नेपालीको मानव अधिकारको स्थिति, सुरक्षा र उद्धार सम्बन्धमा सरकारसँग गरेको छलफलमा मन्त्री खाणले यस्तो बताएका हुन् । ‘नेपाली ध्वजावाहक जहाज पठाउन सरकार तयार रहे पनि काबुलमा जान सक्ने अवस्था छैन,’ उनले भने ।
अफगानिस्तानका विभिन्न क्षेत्रमा रहेका नेपालीहरुको तथ्यांक संकलन गर्ने काम भइरहेको र कति नेपाली आउन बाँकी छन् भन्नेमा सरकार निरन्तर संवादमा रहेको मन्त्री खाँणको भनाइ छ । उनले अन्य माध्यमबाट छिमेकी मुलुकहुँदै नेपालीलाई ल्याउने पूर्वतयारी गरेको पनि जानकारी दिए । अफगानिस्तानको घटनामा नेपाल तटस्थ रुपमा उभिएको गृहमन्त्रीले बताए ।

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

प्रतिक्रिया