माधव नेपालले केन्द्रीय सदस्यमा नाम राखेर कीर्ते गरे : प्रदीप नेपाल

काठमाडौँ - माधव नेपालको नेतृत्वमा बुधबार दर्ता भएको नेकपा एमाले (समाजवादी) को केन्द्रीय कमिटीमा आफ्नो नाम परेको भन्दै एमाले नेता प्रदीप नेपालले आपत्ति जनाएका छन् । माधव नेपालले नयाँ दलको केन्द्रीय कमिटी सदस्यका रुपमा आफ्नो नाम समेटेर व्यक्तिगत स्वतन्त्रता हनन् गरेको उनले आरोप लगाएका छन् ।
नेकपा एमालेको केन्द्रीय समिति सदस्यसमेत रहेका प्रदीप नेपालले एमालेको झगडा हुँदा आफू तटस्थ रहेकै भरमा माधव नेपालले कीर्ते गरेर आफ्नो नाम केन्द्रीय कमिटीमा राखेको प्रतिक्रिया दिएका छन् ।
बुधबार माधव नेपालले नयाँ दल दर्ता गरेर निर्वाचन आयोगमा पेश गरेको सूची सार्वजनिक भएलगत्तै नेता नेपालले व्यक्तिगत स्वतन्त्रता कसैको अधिनमा नराख्नेसमेत जनाएका छन् । यसैबीच नेपालले आफूले एमाले फुटाउन माधव नेपालको पक्षमा हस्ताक्षर नगरेको र पार्टी फुटाउने पक्षमा पनि नरहेको स्पष्ट पारेका छन् ।

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

प्रतिक्रिया