बालुवाटारमा सर्वदलीय बैठक सुरु

काठमाडाैं : सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बोलाइएको बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका प्रतिनिधि सहभागी छन् ।
प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाएका हुन । देशमा कोभिड-१९ को मार खेपिरहेको छ भने अर्कातिर राजावादीहरुले आन्दोलन चर्काइरहेका छन् । केही समययता राजावादीहरूले देशका विभिन्न ठाउँमा आन्दोलन गरिरहेका छन् ।
सत्तारुढ नेकपाभित्र पनि विवाद चर्कंदो छ । अध्यक्षद्वय ओली र पुष्पकमल दाहालको फरक-फरक राजनीतिक प्रस्ताव सचिवालयमा नटुंगिएपछि स्थायी कमिटीमा पुगेको छ । पटक-पटक सचिवालय बैठक छलेका प्रधानमन्त्री ओलीले आइतबार बसेको स्थायी कमिटी पनि छलेका थिए ।
पछिल्लो पटक बैशाख ३१ गते सर्वदलीय बैठक बसेको थियो । त्यसयता सर्वदलीय बैठक बसेको छैन् ।

आज पनि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि

संसदको गतिरोध खुलाउने विषयमा दलहरुबीच सकरात्मक छलफलः अध्यक्ष प्रचण्ड

प्रधानमन्त्रीबाट निर्माणाधीन त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको निरीक्षण

प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार

सत्ता साझेदार दलमा फाटो ल्याउन विपक्षीले प्रयास गरेः प्रधानमन्त्री ओली

नेताहरूको योगदानको प्रचार-प्रसार गरौः सभापति देउवा

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिक्रिया