एकै दिन १५ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं : साताको सुरुवाती दुई दिनमा लगातार ओरालो लागेको सुनको भाउमा मंगलबार भने बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा एक हजार ५ सय रुपैयाँले बढेको हो ।
महासंघको तथ्यांकअनुसार मंगलबार सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार यसको भाउ प्रतितोला ९२ हजार ६ सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको भाउ प्रति औंस १ हजार ८ सय ५० अमेरिकी डलर पुगेको थियो । मंगलबार सुनको भाउ प्रति औंस १ हजार ८ सय ६८ डलर पुगेको छ ।
मंगलबार चाँदीको भाउ समेत बढेको छ । यो ३० रुपैयाँ प्रतितोलाले बढेको हो । सोमबार १ हजार दुई सय ५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको भाउ मंगलबार १ हजार दुई सय ३५ रुपैयाँ कामय भएको महासंघले जानकारी दिएको छ ।

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने आधार बनाऔँ : अर्थमन्त्…

पाँच वटा सार्वजनिक संस्थान खारेज गर्न सिफारिस

अनुदान दिएर उद्यम प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका

सुन तोलामा १ लाख ८५ हजार पुग्यो

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया