सुपरहिरो बन्दै कट्रिना

मुम्बई : करिअरको मन्दीमा रहेकी कट्रिना कैफको हातमा फिल्मको कमी छैन तर उनमा पहिला जस्तो चार्म छैन । रणवीर कपुरसँगको ब्रेकअपपछि उनले खेलेका फिल्मले पनि खासै राम्रो व्यापार गरिरहेका छैनन् । तर, केही निर्देशकमा उनीप्रति अझै भरोसा छ । अलि अब्बास जफर तीमध्ये एक हुन् । ‘टाइगर जिन्दा है’ र ‘भारत’मा कट्रिनालाई अभिनय गराएका उनले नयाँ फिल्ममा पनि कट्रिनालाई लिने निर्णय गरेका छन् ।
तर, यो फिल्म चानचुने फिल्म भने रहनेछैन । जफरका अनुसार कट्रिनाको मुख्य भूमिका रहने फिल्म भारतको पहिलो सुपरहिरो फिल्म हुनेछ जहाँ कट्रिनाले फस्ट लेडी सुपरहिरोको भूमिका निर्वाह गर्नेछिन् । फिल्मको नाम सुपर खिलाडी जुराइएको छ । अहिले फिल्मको प्रिप्रडक्सनको काम भइरहेको छ । फिल्मका लागि कट्रिना मार्सल आर्टस्को प्रशिक्षण लिइरहेकी छिन् ।
फिल्मको सुटिङ अर्को साल सुरु हुनेछ । निर्देशक जफरले फिल्म दुबई, आबुधाबी, पोल्यान्ड, जर्जिया, उत्तराखण्ड आदि स्थानमा खिच्ने तयारी गरिरहेका छन् । कट्रिनाले यो बीचमा ‘भूत पोलिस’ र ‘टाइगर ३’को सुटिङ सक्नेछिन् । कामबाहेक व्यक्तिगत कुरा गर्ने हो भने कट्रिना पछिल्लो समय विक्की कौसलसँग नजिक रहेको चर्चा छ ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया