राष्ट्रकवि माधव घिमिरेको अप्रकाशित कविता, उनकै हस्ताक्षरमा

केतुं कृण्वन्नकेतवे
पेशो मर्या अपेशसे
समुषद्भिरजायथा: (ऋग्वेद-१ मं.६ सु.३ मन्त्र)
जन्मन्छु जन्मन्छु म नित्य प्रात
जीवन्त ज्योतिर्मय देशबाट
00
यहाँ अँध्यारो छ यहाँ छ शून्य
अस्तित्वको केही पनि छैन चिन्ह
म अन्धकारै पनि मथ्छु मथ्छु
र शून्यमै सुन्दर सृष्टि रच्छु
00
म हातमा मिर्मिर रश्मि लिन्छु
आकार सप्नाहरूलाइ दिन्छु
यहाँ निभेको अनुहार कोही
मुस्कन्छ मेरै मुसकान छोई
00
जाज्वल्यता जीवनलाइ दिन्छु
कुनै नयाँ चिन्तन ल्याइदिन्छु
म सूर्य हूँ, होइन खालि मर्त्य
मैले नहेरे सब सृष्टि व्यर्थ
भावविस्तारः माधव घिमिरे/राष्ट्रकवि
राष्ट्रकवि पुत्र राजीव घिमिरेबाट

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया