'गण्डकीमा ६ महिनाभित्र १५ लाखलाई निःशुल्क कोभिडविरुद्धको खोप'
तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आउँदो ६ महिनाभित्र १८ वर्षमाथिका १५ लाख प्रदेशबासीलाई कोभिड विरुद्धको खोप लगाइने दाबी गरेका छन् ।
बिहीबार जिल्ला समन्वय समिति तनहुँले दमौलीमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । हालसम्म आठ लाख व्यक्तिलाई पहिलो र तीन लाखलाई दोस्रो चरणको खोप प्रदान गरिसकिएको उनले बताए ।
प्रदेशका एक, दुई जिल्लाबाहेक अक्सिजनप्लान्ट जडान र बेड क्षमता वृद्धि गर्न नसकिए पनि पहलकदमी भइरहेको उनले बताए । दोस्रोसँगै तेस्रो लहरको भेरियन्ट पनि देखिन थालेकाले यस किसिमको कोभिडसँग जुध्न प्रदेश सरकार तयारी अवस्थामा रहेको उल्लेख गर्दै उनले सबैलाई सचेत रहन आग्रह गरे ।
प्रदेश सरकारले बाढीपहिराबाट पूर्णक्षति भएका परिवारलाई एक लाख रूपैयाँ राहत प्रदान गर्ने भएकाले जिल्लाबाट त्यस्ता क्षति भएका घरको जति सक्दो छिटो विवरण पठाउन मुख्यमन्त्री पोखरेलले निर्देशन दिए ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जिल्लामा बाढी पहिरोका कारण भएको भएको क्षतिकोबारेमा जानकारी गराए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार गण्डकी प्रदेश कोभिड- १९ संक्रमणको उच्च जोखिममध्येको प्रदेश हो ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया