कांग्रेसमा क्रियाशील सदस्यता विवाद समाधान गर्न जुट्यो सैद्धान्तिक सहमति
कार्यदलद्वारा सभापति देउवालाई सहमतिबारे व्रिफिङ

काठमाडौँ - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसमा क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंग्याउने सैद्धान्तिक सहमति भएको छ । गत शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले बनाएको कार्यदलले क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्ने सैद्धान्तिक सहमति जुटाएको हो ।
बैठकले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला तथा केन्द्रीय सदस्यहरू डा. मीनेन्द्र रिजाल र रमेश लेखकलाई क्रियाशील सदस्यता विवाद मिलाउने जिम्मेवारी दिएको थियो ।
यसअघि ६ फागुनमा बसेको केन्द्रीय कार्यसमिति बैठकले लेखकको संयोजकत्वमा बनाएको क्रियाशील सदस्यता छानबिन समितिले विवाद मिलाउन नसकी बुझाएको प्रतिवेदनका विवादलाई मिलाउने जिम्मेवारी तीन नेतालाई दिने निर्णय शनिबारको बैठकले गरेको थियो । छानबिन समितिले १३ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नेता कार्यकर्ताको समायोजन टुंग्याउन अफ्टेरो भएको भन्दै केन्द्रीय समितिमा फिर्ता गरेको थियो ।
ती विवाद मिलाउने जिम्मा सिटौला, डा. रिजाल र लेखकले पाएका थिए । छानिबन समितिका प्रवक्तासमेत रहेका कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले तीन नेताले सैद्धान्तिक सहमति गरेर प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई व्रिफिङ गरेको जानकारी दिए । ‘उहाँहरूले क्रियाशील सदस्यता विवाद मिलाउने विषयमा सैद्धान्तिक सहमति जुटाउनु भएको छ । त्यो सैद्धान्तिक सहमतिबारे सभापतिज्यूलाई व्रिफिङ गर्नुभएको छ,’ पौडेलले भने ।
सैद्धान्तिक सहमति कसरी र के का आधारमा गरियो भन्ने खुलाइएको छैन ।
त्यही सैद्धान्तिक सहमतिका आधारमा भोलिदेखि विवाद टुंग्याएर पार्टीले गठन गरेको निर्वाचन समितिलाई बुझाउने कार्य हुने पौडेलले बताए । सबै जिल्ला र क्षेत्रको एकै पटक नभई जुन–जुन स्थानमा टुंगिन्छ, त्यही त्यही स्थानको निर्वाचन समितिलाई बुझाउने तयारी रहेको उनले बताए ।
शनिबारको केन्द्रीय कार्यसमितिले यही भदौ १६ देखि १९ गतेसम्म तोकिएको १४ औं महाधिवेशनको मिति परिवर्तन गरेर आगामी मंसिर ९ देखि १३ गतेसम्म गर्नेगरी तय गरेको थियो । कार्यतालिकासहित तय गरिएको त्यो निर्णयमा मुलुकभरका वडामा पार्टी अधिवेशन यही भदौ १८ गते गर्ने उल्लेख छ ।
अहिलेसम्म क्रियाशील सदस्यता विवाद नटुंगिदा यो मितिमा पनि अधिवेशन हुने हो या होइन भन्ने अन्यौल नेता कार्यकर्तामा कायमै छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया