रेल्वे कम्पनीको महाप्रबन्धकमा झा नियुक्त

काठमाडौँ - सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा निरञ्जन झालाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सिफारिसमा झालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सप्तरीको राजविराज नगरपालिका-१ निवासी एमालेका जिल्लास्तरका नेता झा त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर हुन् । उनी युवा संघका उपाध्यक्ष पनि हुन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा झालाई नियुक्त गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया